तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा

By खबरहब

March 28, 2022

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकर श्रीलंका पुगेका छन् । मंगलबारबाट शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्सटेकको सम्मेलनमा भाग लिन विदेशमन्त्री जनशंकर श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन् ।

कोलम्बो पुगेलत्तै उनले त्यहाँका अर्थमन्त्री बसिल राजापाक्षेसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल ट्विटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच अत्यन्त खराब आर्थिक संकटबाट जुझिरहेको श्रीलंकाको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा छलफल भएको भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

श्रीलंकालाई भारतले सहयोग गर्ने विषयमा पनि भेटवार्तामा कुरा भएको र भारतले सहयोगको बचन दिएको बताइएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत शुक्रबार श्रीलंकाको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।