तस्वीर- हिसार फाउण्डेशन

अन्तर्राष्ट्रिय

पाकिस्तानमा गम्भीर जलसङ्कट

By खबरहब

March 28, 2022

काठमाडौं– पाकिस्तानमा ५२ प्रतिशतसम्म पानीको अभाव देखिएको छ । पाकिस्तानको इन्दुस रिभर सिस्टम अथोरिटीले जनाएअनुसार त्यहाँ पानीको संकट देखिएको हो ।

जनसङ्ख्याका आधारमा पाकिस्तानको सबैभन्दा ठूलो पञ्जाब प्रान्तमा ६० हजार क्युसेक पानीको माग भएपनि मध्ये केबल २९ हजार क्युसेक पानीमात्रै उपलब्ध हुँदै आएको छ । त्यस्तै, सिन्ध प्रान्तमा ४५ हजार ४ सय क्युसेक पानीको माग रहेपनि केबल २२ हजार क्युसेक पानीमात्रै उपलब्ध हुँदै आएको जनाइएको छ ।

पानीको अभावका कारण त्यहाँ स्वास्थ्य लगायतका अत्यावश्यक सेवा समेत प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसबाहेक पानीकै अभावका कारण त्यहाँ गहुँ उत्पादनमा समेत जोखिम उत्पन्न भएको छ ।

हालैमात्र त्यहाँको जिन्ना पोस्टग्राजुएट मेडिकल सेन्टरमा पानीको आपूर्ति बन्द भएका कारण दर्जनौँ शल्यक्रिया प्रभावित भएको समाचार सार्वजनिक भएको थियो ।