राजनीति

एमालेले मात्र मुलुकको विकासको काम गर्न सक्ने अध्यक्ष ओलीको दाबी

By खबरहब

March 28, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको विकासको काम गर्न सक्ने दाबी गरेका छन्।

सोमबार कपिलवस्तुको तौलिहवामा संघीय सांसद वृजेश कुमार गुप्ता लगायतलाई एमाले प्रवेश गराउँदै ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने समेत बताए। आगामी निर्वाचनमा एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास हुने उनको भनाइ छ ।

उनले हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे । त्यस्तै उनले आगामी निर्वाचनमा सबै दल मिलेर आएपनि एमालेलाई पराजित गर्न नसक्ने धारणा राखे।

कार्यक्रममा एमाले प्रवेश पछि बोल्दै संघीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्ता सहित प्रवेश गरेको बताए ।