समाचार

काँग्रेससम्बद्ध जनप्रतिनिधिबाट न्यायिक समितिको सम्मेलन बहिष्कार

By खबरहब

March 28, 2022

कास्की– पोखरामा भएको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई काँग्रसका जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

सोेमबार पोखरा महानगरपालिकाले आयोजना गरेको समितिको सम्मेलनलाई पोखरा महानगरभित्रका नेपाली काँग्रेससम्बद्ध जनप्रतिनिधिले बहिष्कार गरेका हुन् ।

उनीहरूले आफूहरूसँग छलफल नै नगरी कार्यक्रम गरिएकाले बहिष्कार गरेको बताएका छन् ।

चुनावी स्वार्थपूर्तिका लागि स्थानीय निर्वाचनको मुखमा आएर सम्मेलनको आयोजन गरिएको पनि उनीहरूको आरोप छ ।

सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।