राजनीति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की जाँदै

By खबरहब

March 28, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल टर्की भ्रमणमा जान लागेका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल सोमबार राति टर्कीस एयरलाइन्सको विमानबाट टर्कीतर्फ प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष नेपालले टर्कीको अंकारामा हुने इको–क्लाइमेट कन्फ्रेन्समा सहभागी हुने कार्यक्रम छ ।

उनी चैत १९ गते स्वदेश फर्किने छन् ।