क्रिकेट

आईपीएलः नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा

By खबरहब

April 28, 2022

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति मुम्बईमा भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा पुगेको हो।

गुजरातले पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै आठ खेल खेल्दा १४ अंक बनाएको छ। गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।

गुजरातका लागि रिद्दिमान शाह ६८, राहुल टेवाटिया ४०, राशिद खान ३१, सुबमन गिलले २२ रन जोड्दा डिभिड मिलर १७ र कप्तान हार्दिक पान्डयले १० रन बनाए। हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।

हैदरावादका अविशेक शर्मा ६५, एडिन मार्क्रम ५६, शशांक सिंहले अविजित २५ र राहुल त्रिपाठीले १८ रन जोडे। गुजरातका मोहमद शामीले ३ विकेट लिँदा यश डायल र अल्जारी जोसेफले एकएक विकेट हात पारे।

८ खेलमा १० अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ।