तस्वीर- बेलायती संसद्

अन्तर्राष्ट्रिय

बेलायती सांसदले संसद् बैठकमै पोर्न हेरेपछि…

By खबरहब

April 28, 2022

काठमाडौं– बेलायतको तल्लो सदनका एक सदस्यमाथि संसद्मै अश्लील हेरेको आरोप लागेको छ । बेलायती अखबारहरू द सन र डेली मिररले कन्जरभेटिभ पार्टीका सांसदले संसद् कक्षमै पोर्न हेरेको बारे एकजना महिला मन्त्रीले आरोप लगाएको खुलासा गरेका हुन् ।

यद्यपि उनीहरूको पहिचान भने गोप्य राखिएको छ । १९२२ कन्जरभेटिभ समूहको बैठकमा यस्तो घटना भएको बेलायतको समाचार च्यानल स्काई न्युजले जनाएको छ । उक्त बैठकमा ४० देखि ५० जना महिला सांसदको उपस्थिति रहेको जनाइएको छ ।

स्काई  संसद् कक्षमा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदले यसअघि पनि पोर्न हेर्ने गरेको दुई जनाले आरोप लगाएका हुन् ।

सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।

यता कन्जरभेटिभ पार्टीका प्रमुख सचेतक क्रिस हिटन ह्यारिसले भने घटनाको थप जाँचबुझ गर्न बेलायती संसद् अन्तर्गतको स्वतन्त्र उजुरी तथा गुनासो निकायलाई आग्रह गरिएको बताएका छन् ।