फाइल फोटो

राजनीति

साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने कमल थापाको भनाई

By खबरहब

May 28, 2022

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत साहलाई बधाइ दिँदै थापाले साहको  जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। थापाले उनको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका हुन् ।

‘बालेन साहको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्दा पनि उहाँको योग्यता र क्षमतामाथि जनताको भरोसाको अभिव्यक्ति हो’, उनले ​ लेखेका छन्, ‘काठमाडौँवासीले ठूलो अपेक्षा गरेका छन्, सफलताको कामना गर्दछु।’ 

काठमाडौं, धरान, धनगढी लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई दलहरूमाथि मतदाताको आक्रोश व्यक्त भएको विश्लेषण भइरहँदा थापाको यस्तो प्रतिक्रिया आएको हो।