राजनीति

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एउटा जलेर नष्ट

By खबरहब

May 28, 2022

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परेका दुईमध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर २२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् ।

हेटौडाबाट बारा आउँदै गरेको ना ६ ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ना ६ ख ३२८६ नम्बरको ट्रकको तार सट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।