फाइल फोटो

राजनीति

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

By खबरहब

May 28, 2022

काठमाडौं– आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो ।

संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न आग्रह गरेको छ ।