फाइल फोटो

राजनीति

संसदमा आर्थिक सर्वेक्षण पेश, गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गरिने

By खबरहब

May 28, 2022

काठमाडौँ– प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरेका हुन् ।

आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ । आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिन पहिले सङ्घीय संसदमा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ ।

संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।

बजेट प्रस्तुत गर्ने विषयमा दलहरूबीच सधैँ विवाद हुने गरेकाले संविधानमा नै स्पष्ट मिति निर्धारण गरिएको हो । नेपालको संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ ।

तत्कालीन सरकारले चालु आवको बजेट अध्यादेशमार्फत सोही दिन नै सार्वजनिक गरेको थियो । गत वर्ष प्रतिनिधिसभा विघटन भएका कारणले तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु परेको थियो ।

प्रतिनिधिसभाका पुनः स्थापना भएपछि गठन भएको वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटका केही व्यवस्था थप गरेको थियो ।