तस्वीर- सीएनएन स्टाइल

अन्तर्राष्ट्रिय

गीताञ्जली श्री बनिन् बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका

By खबरहब

May 28, 2022

काठमाडौँ- गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका बनेकी छन् । उनले ‘टुम्ब अफ स्यान्ड’ नामक उपन्यासका लागि बुकर पुरस्कार पाएकी हुन् ।

यो उपन्यास भारतको विभाजनको पृष्ठभूमिमा लेखिएको हो । पुस्तकमा एक ८० वर्षीय बृद्धाले आफ्नो पतिको मृत्युपछि पछ्याएको पारिवारिक गाथालाई समेटिएको छ । 

५० हजार पाउन्ड धनराशी पुरस्कारका लागि छनोट भएको यो पहिलो हिन्दी भाषाको पुस्तक हो । ‘मैले कहिल्यै बुकरको सपना देखेकी थिइनँ ।  म चकित, हर्षित, सम्मानित र नम्र महशुस गरेकी छु’ पुरस्किृत भएपछि उनले भनिन् ।

पुरस्कारको रकम गीताञ्जली र पुस्तकको अनुवादक अमेरिकास्थित डेजी रकवेलबीच बाँडिनेछ । उत्तर प्रदेश राज्यको मैनपुरी सहरमा जन्मेकी ६४ वर्षीय गीताञ्जलीले तीन ओटा उपन्यास लेखेकी छिन् ।