फाइल फोटो

समाचार

नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

By खबरहब

June 28, 2022

चितवन – वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ बजेर ४५ मिनेटमा भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर बिहान ५ : १० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६ : १० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६ : ३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।