सांकेतिक तस्बिर

देश/प्रदेश

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

June 28, 2022

धनुषा- धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय संजिव पासवान रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

ढल्केबरबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ज ११ प २०८५ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।