फाइल फोटो

समाचार

सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ : मन्त्री रेग्मी

By खबरहब

June 28, 2022

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् ।

संसद्‌मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तकृत (याैनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् ।

`सीमान्तकृत महिलाहरूको समस्या छ, समाजमा । नागरिकताको समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ । उनीहरूमाथि हुँदै आएको दुर्व्यवहारविरुद्ध कानुन निर्माण गर्न सकिन्छ´, काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा भनिन् ।

उनले सीमान्तकृत महिलाहरूको अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सराेकारवाला पक्षहरूले सोच्न आवश्यक रहेको पनि बताइन्।