बैंक/वित्त

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा

By खबरहब

June 28, 2022

 काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरूले बचत खाताको उच्चतम् ब्याज प्राप्त गर्न सक्नेछन् । 

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु. १,००,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरूलाई भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरू विना कुनै शर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सबै  शाखाहरूबाट खोल्न सकिने सेञ्चुरी बैंक जनाएको छ  । 

आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।