बलिउड/हलिउड

आजमगढमा निरहुवाको जीत 

By खबरहब

June 28, 2022

काठमाडौँ- पछिल्लो समय भोजपुरी फिल्मका अभिनेताहरूको सक्रियता राजनीतिमा पनि उत्तिकै देखिएको छ ।

रवि किसन , मनोज तिवारी पश्चात् भोजपुरी नायक दिनेश लाल यादव ‘निरहुवा’ ले लोकसभा सिटको चुनाव जितेका छन् । सन् २०१९ मा अखिलेश यादवसँग चुनावबाट हार बेहोरेका निरहुवाले अजमगढको उप निर्वाचनमा जीत हात पारेका हुन् ।

उनले यो जीत स्थानीय जनताको भएको उल्लेख गरेका छन् । ‘उप निर्वाचनको डेट घोषणा देखि नै प्राप्त तपाईंहरूको प्रेम र साथको आभार शब्दमा वर्णन गर्न सक्दिन । विश्वास र कार्यकर्ताको मेहनतको यो जीत हो’ निरहुवाले जीत पश्चात् भनेका छन् ।

अखिलेश यादवले लोकसभाको सदस्यताबाट राजीनामा दिएपछि अजमगढको सीट खाली भएको थियो र भाजपाले निरहुआलाई पुन: उम्मेदवार बनाएको थियो। तर, यस पटक भने निरहुआ विजयी भए । २७ मार्च २०१९ मा, निरहुआ भारतीय जनता पार्टीमा सामेल भएका थिए ।