अटो

काठमाडौंमा महिन्द्रा टु एस डिलरको उद्घाटन सम्पन्न

By खबरहब

June 28, 2022

काठमाडौँ– महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ मनमैंजु, काठमाडौंमा नयाँ टु एस डिलरको उद्घाटन सम्पन्न गरेको छ । महिन्द्राको यस नयाँ टु एस डिलरबाट महिन्द्रा फोर–व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने छन् ।

एम एण्ड ए अटोमोबाइल्स प्रा. लि. को उद्घाटन गत १२ गते जोयदिप मोइत्रा (एम एण्डएम, अन्तर्राष्ट्रिय अप्रेसन्स प्रमुख – एडी) र अर्जुन प्रसाद शर्मा (अग्नी समूह, कार्यकारी निर्देशक) को साथै अग्नि समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो । ‘यस नयाँ डिलरको उद्घाटन हाम्रो नेटवर्क विस्तारको अर्को एक कदमहो,’ बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्माले बताए ।

 सबै महिन्द्रा अटोमोबाइल्स जस्तै स्कारपियो, बोलेरो पिकअप, एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, थार, आदिका ग्राहकहरूको लागि सेवा र जेन्युन स्पेयर पार्टस्को सुविधा प्रदान गर्ने सर्भिस सेन्टरले जनाएको छ ।