फाइल फोटो

ब्रेकिङ स्टोरी

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

By खबरहब

July 28, 2022

काठमाडौँ – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलता परेका उनी बेला काठमाडौँ आउन लागेका हुन् ।

उनी एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन् ।

लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।