फाइल फोटो

अन्तर्राष्ट्रिय

कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन

By खबरहब

July 28, 2022

बेइजिङ – कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ।

वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो ।

झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

१ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने क्रम निरन्तर भइरहेको छ ।

सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।