अन्तर्राष्ट्रिय

इराकको संसद् भवनभित्र पसे सयौँ प्रदर्शनकारी  

By खबरहब

July 28, 2022

बग्दाद – इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौँ मानिसहरूले इराकको संसदमा पुगेका छन् ।

प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल–सद्रका सयौँ समर्थक संसद् भवन प्रवेश गरेका हुन् ।

९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आम चुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ ।

देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन ।

प्रधानमन्त्रीका लागि  पछिल्लो नामांकनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए ।