बलिउड/हलिउड

भाइको फिल्ममा सोनाक्षी

By खबरहब

July 28, 2022

काठमाडौँ– बलिउड अभिनेत्रीले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’ को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाएकी छिन् ।

यो फिल्ममार्फत सोनाक्षीका भाइ कुश सिन्हा निर्देशनमा डेब्यु गर्दैछन् । ‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो फिल्मबाट आफ्नो निर्देशकीय डेब्यु गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । फिल्मको पोस्टरमा सोनाक्षीको अनुहारको एक भाग देखाइएको छ ।

फिल्ममा उनको शैली निकै फरक देखाइएको छ । सोनाक्षी पछिल्लोपटक सलमान खानको फिल्म  ‘दबंग ३’ मा देखिएकी थिइन् । तर फिल्म बक्सअफिसमा असफल साबित भयो । सोनाक्षीका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन । पछिल्लो समय उनी प्रेम जीवनका कारण चर्चामा आउने गरेकी छिन्।