तस्वीर- गेटी इमेज/एएफपी

अन्तर्राष्ट्रिय

अंगोलाको खानीमा दुर्लभ गुलाबी हिरा भेटियो

By खबरहब

July 28, 2022

काठमाडौँ- अफ्रिकी मुलुक अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हिरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयता फेला परेको सबैभन्दा ठूलो हो ।

देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

लुलोमा फेला परेको गुलाबी हिराले अंगोलालाई विश्व मञ्चमा चिनाएका अंगोलाका खनिज मन्त्रीले बताएका छन् । उक्त हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा बेचिने सम्भावना रहेको बताइएको छ ।

यो हालसम्म अफ्रिकी महादेशमा फेला परेको पाचौँ ठूलो हिरा रहेको दाबी गरिएको छ ।