ब्रेकिङ स्टोरी

एकैदिन थपिए ७१० जना संक्रमित, २ जनाको मृत्यु

By खबरहब

July 28, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परीक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परीक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय १५ संक्रमित निको हुँदा अहिलेसम्म ९ लाख ६९ हजार २ सय १९ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार २ सय ३६ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।