ब्रेकिङ स्टोरी

काठमाडौँ आइपुगे अमेरिकी सहायकमन्त्री लू

By खबरहब

July 28, 2022

काठमाडौँ- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आइपुगेका छन् । काठमाडौँस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौँ आइपुगेको जनाएको हो ।

नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

‘यो पटकको भ्रमणका अवसरमा वहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ,’ अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेको छ ।

दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका गर्न लूले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्ने दूतावासले जनाएको छ ।