फाइल तस्वीर

राजनीति

नेपाललाई समृद्ध बनाउन सुशासन अनिवार्य : शेखर कोइराला

By खबरहब

July 28, 2022

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल र सुशासन स्थापना गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा पूर्वगृहराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपकप्रकाश बाँस्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ सार्वजनिक गर्दै नेता कोइरालाले नेपाललाई समृद्ध बनाउन सुशासन अनिवार्य रहेको र दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मूल हुनुपर्ने बताएका हुन् ।

उनले नेपाल श्रीलङ्काको अवस्थामा नपुग्ने समेत बताए। कोइरालाले राजनीति गर्नेले देशलाई पहिलो प्राथमिकतामा राखेर सोच्नुपर्ने धारणा राखे । लोकतन्त्रलाई बलियो बनाउन सके मात्र मुलुक बलियो हुने उनको भनाइ छ ।

बुक्स राइटिङ नेपालले प्रकाशन गरेको सो पुस्तक २१२ पृष्ठको छ । पुस्तकमा राजनीतिक, सहकारी, अर्ग्यानिक कृषि र वैदिक नेपाल निर्माणका लागि बास्कोटाले गरेका कामको चर्चा गरिएको छ ।