अपराध

स्कुटर चोरी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

July 28, 2022

काठमाडौँ– उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरी गर्ने एक जनालाई पक्राउ गरेका छ । माछापोखरीबाट हराएको ०२ ०३७ प ९४१० नम्बरको स्कुटरसहित प्रहरीले दरबारमार्गबाट पर्वत कुस्मा नगरपालिकाका २२ वर्षीय निरज थापालाई पक्राउ गरेको हो ।

हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोली खटिएको थियो ।

उक्त स्कुटर तनहुँको भिरकोट गाउँपालिका वडां नं. ०३ घर भई हाल काठमाडौँ थानकोट बस्ने बिजय थापाले काठमाडौँ माछापोखरीबाट हराएको भनि निवेदन दिएका थिए। पक्राउ गरिएको व्यक्तिको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।