देश/प्रदेश

टिपर चालकहरुले लागूऔषध सेवन गरे–नगरेको चेकजाँच

By खबरहब

July 28, 2022

ट्राफिक प्रहरीले सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको जाँच गर्न सुरु गरेको छ ।

ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी मंगलबारदेखि टलागुऔषध सेवन गरे नगरेको जाँच गर्न थालिएको हो ।

बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपालको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरुलाई चेकजाँच गरिएको थियो ।

उक्त चेकजाँचको लागी आवश्यक प्रविधिक टोली र टीएचसी किटको जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल, बनेपाले उपलब्ध गराएको थियो ।

अझै उक्त चेकजाँच कार्यलाई उपत्यका भर वृहतरुपमा सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।