अन्तर्राष्ट्रिय

नयाँ इतिहास कोर्ने त्यो यूएस ओपन

By मनोज घिमिरे

August 28, 2022

सेरेना विलियम्सको सफलताको कथा उनी जन्मनु भन्दा धेरै वर्ष अगाडिदेखि नै सुरु भएको थियो। सन् १९७९ मा सेरेनाका बाबु रिचर्ड विलियम्स टिभी हेरिरहेका थिए। त्यस समयमा रोमानियाका खेलाडी भर्जिनिया रुजुसीले ४० हजार अमेरिकी डलर पुरस्कार पाएकी थिइन्। त्यो उनको वार्षिक तलब भन्दा चार हजार डलर बढी थियो।

‘म घरमा गएर श्रीमतीलाई भने कि हामीले पनि दुई छोरी जन्माउनु पर्छ। ती दुवैलाई टेनिस खेलाडी बनाउनु पर्छ’, २० वर्षपछि उनले फेरि त्यस दिनको संस्मरण गरे, ‘म ३७ वर्षको थिएँ। मलाई टेनिसका बारे केही पनि थाहा थिएन। तर, यत्ति सोच्न सक्ने भएको थिएँ कि उनीहरूलाई टेनिस सिकाउन सकिन्छ र यूएस ओपन जित्ने बनाउन सकिन्छ।’

२६ सेप्टेम्बर १९८१ मा सेरेना पनि यो संसारमा आइन्, उनकी दिदी भेनस भन्दा १५ महिनापछि यिनै दिदी बहिनीले सन् १९९० को दशकमा त व्यावसायिक टेनिसको दुनियाँमा तहल्का नै पिटेका थिए। ‘ती दुई बच्चाको मनमा एउटा इख थियो’, सुरुवाती दिनमा उनीहरूलाई सहयोग गरेका फ्लोरिडाका प्रशिक्षक रिक म्याकीले भने, ‘उनीहरू ९ र १० वर्षको हुँदा नै विश्वको पहिलो खेलाडी हुने सम्भावना देखिएको थियो।’ यस क्रममा सेरेना अझ अगाडि आइन्। कम उमेरमै यूएस ओपन जित्दै उनले आफू भविष्यको सुपर स्टार भएको सङ्केत गरिसकेकी थिइन्।

सेरेना विलियम्सको सफलताको कथा उनी जन्मनु भन्दा धेरै वर्ष अगाडिदेखि नै सुरु भएको थियो। सन् १९७९ मा सेरेनाका बाबु रिचर्ड विलियम्स टिभी हेरिरहेका थिए। त्यस समयमा रोमानियाका खेलाडी भर्जिनिया रुजुसीले ४० हजार अमेरिकी डलर पुरस्कार पाएकी थिइन्। त्यो उनको वार्षिक तलब भन्दा चार हजार डलर बढी थियो।

त्यस यूएस ओपनको उपाधि जितेको २३ वर्षपछि सेरेनाले आफ्नो खेलाडी जीवनको अन्त्य गरेकी छन्। उनले खेलाडी जीवन त्याग्ने घोषणा गरे पनि संन्यास शब्दको प्रयोग गरेकी छैनन्। ‘म यो शब्दलाई घृणा गर्छु’ उनले लेखेकी थिइन्। उनको ४१ औं वर्षगाँठ आउँदै छ। यसक्रममा उनी खेल जीवनको अन्तिम ग्रान्ड स्लामको रूपमा यूएस ओपनमा सहभागिता जनाउँदै छिन्।

सन् १९९९ मै सेरेना विलियम्सको रूपमा सनसनीपूर्ण खेल जीवनको सुरुवातको लक्षण देखिएको थियो। दबाउन नसकिने, अनुमान गर्नै नसिकिने कपटाउनकी १७ वर्षे किशोरीले टेनिस जगतमा नै हलचल मच्चाएकी थिइन्।

विलियम्सले सन् १९९८ मा पहिलो पटक यूएस ओपनमा सहभागिता जनाएकी थिइन्। सो प्रतियोगितामा उनी तेस्रो चरणबाट नै बाहिरिएकी थिइन। अर्को वर्ष कथा सुरुवातदेखि नै फरक थियो। पहिलो दुई चरणमा अमेरिकाकी किम्बर्ली पो र क्रोएसियाकी जेलेना कोन्सटानीकसँगको खेल हेरेर बाबुले आफ्नी छोरी फाइनल प्रवेश गर्ने प्रबल सम्भावना देखेकी थिइन्। आफ्नी छोरी अन्य खेलाडीको तुलनामा गतिशील र बलियो दुवै भएका कारण बाबुले छोरीहरू फाइनल प्रवेश गर्ने सम्भावना देखेका हुन्।

त्यो समयमा शीर्ष वरीयताका मार्टिना हिंगीजले विलियम्स परिवारले ठूला कुरा गर्ने गरेको गुनासो पनि गरेकी थिइन्। त्यस संस्मरणको तेस्रो चरणमा सेरेनाले बेल्जियमकी स्टार किम क्लीट्जर्सलाई सोझो सेटमा नै हराएकी थिइन्। त्यस समयमा सेरेनाले खुसी मनाएको क्षण सबैलाई अझै याद छ।

२६ सेप्टेम्बर १९८१ मा सेरेना पनि यो संसारमा आइन्, उनकी दिदी भेनस भन्दा १५ महिनापछि यिनै दिदी बहिनीले सन् १९९० को दशकमा त व्यावसायिक टेनिसको दुनियाँमा तहल्का नै पिटेका थिए।

यिनीहरूको आमा ओरसेन आफ्नी छोरीविरुद्धमा सबै दर्शक साम्य हुन १० वर्ष लागेको बताउँछिन्। ‘गोराहरूको दबदबा रहेको संसारमा हामी थियौं। अफ्रिकन अमेरिकन भएका कारण यो पार गर्न हाम्रो परिवारलाई १० वर्ष लागेको हो’, ओरासनेले भनिन्। ‘म अग्ली छु । काली पनि छु। यस कारण मेरा बारेमा अनावश्यक टिका टिप्पणी भएका छन्’, टिन एजकी भेनसले सन् १९९७ मा भनेकी थिइन्।

क्लीट्जर्समाथि त्यो जित हात पारेको दुई वर्ष इन्डियाना वेल्समा यी दुईको फेरि भेट भएको थियो। त्यस खेललाई पाँचौँ ग्रान्डस्लाम पनि भनिएको थियो। त्यसै समयमा रिचर्डले जेठी छोरी भेनसलाई कान्छी छोरीका लागि खेल त्याग गर्न लगाएको हौवा पनि चलेको थियो। यसको झोकमा यो परिवारले १३ वर्ष इन्डियाना पोलिसको प्रतियोगिता बहिस्कार गरेको थियो।

सन् १९९९ कै यूएस ओपनको चौंथो चरणमा भने सेरेनाले कोर्टिना मार्टीनेजलाई भेटेकी थिइन्। २७ वर्षीया मार्टीनेज सन् १९९४ को विम्बल्डन विजेतासमेत हुन्। अनुभवी मार्टिनेजले पहिलो सेटमा ६–४ को जित हात पारेकी हुन्।

‘दोस्रो सेटमा भने सेरेनामा अस्वाभाविक परिवर्तन देखिएको थियो। ‘तिनी पुरै फेरिएकी थिइन्’, त्यस समयको खेल सम्झँदै उनका तत्कालीन प्रशिक्षक सेन रायले भने। एकै दिन १२ एस प्रहार गर्दै उनले जित हात पारेकी थिइन्। सङ्घर्ष गर्ने तरिका र उनको तागतको टेनिसको दुनियाँमा एकाएक प्रशंसा मात्र हुन थालेन, संसारका कुनै पनि खेलाडी उनीसँग हच्कन पनि थालेका थिए।

खेल समीक्षककै अनुसार परिस्थितिलाई बुझेर आफूलाई परिवर्तन गर्न सक्नु नै सेरेनाको मुख्य खुबी हो। सन् २०१७ को सेप्टेम्बर भने फरक थियो। छोरी ओलम्पियालाई जन्म दिन उनलाई कम्ती सकस भएको थिएन। इमर्जेन्सीमा रहेकी उनमा फोक्सोमा रगत जम्ने पोल्मुनरी इम्बोलीजम समस्याले पीडित थिइन्। आमा बनेको पहिलो ६ सातामा उनले अन्य दुई शल्यक्रियाको सामना गर्नु परेको थियो।

उनलाई नजिकबाट नियाल्नेहरू सेरेनाको खेल जीवन त्यही अन्त्य हुने सम्भावना पनि व्यक्त गर्न थालेका थिए। ‘म त्यो फोन कल कहिल्यै बिर्सन सक्दिन। जुन फोन कलमा चिकित्सकले उनलाई खेल्नका लागि अनुमति दिएका थिए’, रायले भनेका छन्।

स्तनपान गराउँदा आउने समस्या र मानसिक समस्याका बाबजुद यी सुन्दरी सन् २०१८ मा पनि दुई ग्रान्डस्लामको फाइनलमा प्रवेश गरेकी थिइन्। कोर्टमा यदाकदा टेनिसलाई नै प्रदूषित हुने वातावरण बनाउनमा उनको पनि योगदान रहेको आरोप अहिले पनि लाग्ने गरेको छ।

सन् २०१७ को सेप्टेम्बर भने फरक थियो। छोरी ओलम्पियालाई जन्म दिन उनलाई कम्ती सकस भएको थिएन। इमर्जेन्सीमा रहेकी उनमा फोक्सोमा रगत जम्ने पोल्मुनरी इम्बोलीजम समस्याले पीडित थिइन्। आमा बनेको पहिलो ६ सातामा उनले अन्य दुई शल्यक्रियाको सामना गर्नु परेको थियो।

त्यसो त उनी मात्र होइन, खेलको दौरान टेम्पर लुज गरेर यस्तै गतिविधि देखाउने काम पुरुष खेलाडी जोन म्याकन्रो, जिम्मी कोनर्स र एन्डी रोडीकले पनि गरेका थिए। चेयर अम्पायर कार्लोस रामोसलाई गरेको व्यवहार तथा नाओमी ओसाकासँग भएको हार अहिले पनि टेनिस जगतमा चर्चामा रहेको छ। त्यस समयमा २० वर्ष भएकी ओसाकाको हकमा बाल्यकालदेखि नै आफूले आदर्श मान्दै आएकी सेरेना माथिको जित कम्ती महत्त्वपूर्ण थिएन।

प्रसङ्ग फेरि एक पटक सन् १९९९ को यूएस ओपनकै। क्वार्टर फाइनलमा सेरेनाले पनि आफ्नै बाल्यकालकी आदर्श मोनीका सेलेससँग भिडेकी थिइन्। सेलेसले पहिलो सेट जिते पनि सेरेना खेलमा फर्कँदै कम ब्याक गरेकी थिइन्। सेरेनाले खुसी मनाइरहेको समयमा रिचर्डले मोनीका एक नम्बर खेलाडी भएको सम्झाएका थिए।

सेमिफाइनलमा उनले दोस्रो वरीयताकी लिन्ड्से डेभोनपार्टलाई हराएकी थिइन्। त्यसपछि सेरेना एकाएक सेलीब्रेटी भएकी थिइन्। उनका आलोचक उनीसँग फोटो खिच्न र उनको जिउमा एक पटक छुन र नजिक आएर बोल्न आतुर थिए। यस समयमा पनि बाबु रिचर्डले भेनस भन्दा सेरेना सफल खेलाडी हुने सम्भावना कमै देखेका थिए।

चेयर अम्पायर कार्लोस रामोसलाई गरेको व्यवहार तथा नाओमी ओसाकासँग भएको हार अहिले पनि टेनिस जगतमा चर्चामा रहेको छ। त्यस समयमा २० वर्ष भएकी ओसाकाको हकमा बाल्यकालदेखि नै आफूले आदर्श मान्दै आएकी सेरेना माथिको जित कम्ती महत्त्वपूर्ण थिएन।

प्रतियोगिताको सेमिफाइनलमा मार्टिना हिंगीजले भेनसलाई हराएकी थिइन्। अन्तिम सेटको शानदार सर्भिस र खेल जिताउने त्यो दुई ब्याक ह्यान्ड सर्ट अहिले पनि धेरैको संस्मरणमा बसेको छ। सन् १९७५ मा अर्थर एसपछि उनी ग्रान्डस्लाम जित्ने पहिलो अफ्रिकन अमेरिकी भएकी थिइन्। महिलाकै हकमा यो सफलता १९५८ मा आल्थेया गीब्सनपछि कसैले पनि पाएको थिएन।

छोरीको त्यो टाइटानीक क्यारियरको सुरुवात भएको त्यो क्षण रिचर्डका लागि त अनुपम थियो। टेनिस खेलको इतिहास पढ्नेका लागि पनि त्यत्तिकै अविस्मरणीय दिन। सायद ४१ औं वर्षगाँठ मनाउँदा उपाधि थपे या नथपे जे भए पनि सेरेना संसारका धेरै खेल समर्थकका लागि एउटा आदर्श पात्र रहने छिन्। जसको सफलताको आधार त्यसै यूएस ओपनबाट भएको थियो। स्रोत : बीबीसी, टेनिस डटकम