फाइल फोटो

समाचार

न्यून गुणस्तरको औषधि बजारबाट फिर्ता गर्न निर्देशन

By खबरहब

August 28, 2022

काठमाडौँ- औषधि व्यवस्था विभागले बजारमा रहेको जिन्कोमिन डिटी नामको औषधि फिर्ता गर्न निर्देशन दिएको छ। औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले उक्त औषधि फिर्ता गर्न निर्देशन दिएको हो ।

बजार अनुगमनका क्रममा औषधि न्यून गुणस्तरको रहेको पाइएकाले औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर्ने र सोको जानकारी विभागमा गराउन पनि  विभागले  निकालेको सूचनामा उल्लेख छ।

विभागले उक्त औषधि सिफारिस तथा बिक्री वितरण नगर्न पनि  निर्देशन दिएको छ।