फाइल फोटो

देश/प्रदेश

कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरुद्ध 

By खबरहब

August 28, 2022

काठमाडौँ- कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् ।

पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आज बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् ।

बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।

आज बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पहिरो खसिरहेका कारण तत्काल हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।