सांकेतिक तस्बिर

देश/प्रदेश

पहिरोले पुरिँदा रुकुम पश्चिममा आमाछोरीको मृत्यु

By खबरहब

August 28, 2022

रुकुम– रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरमा आइतबार आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ। अर्की छोरी भने घाइते भएकी छन् ।

पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको र बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी हुन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका(१ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए। सोही समयमा भवन माथिबाट आएको पहिरोमा परेर उनीहरू पुरिएका हुन्।

पछि प्रहरी र स्थानीयले एक छोरीलाई उद्धार गरे पनि दुई जनालाई भने बचाउन नसकिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउँन बाँकी भएको प्रहरीले जनाएको छ ।