ब्रेकिङ स्टोरी

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर कोइराला समूहको धर्ना 

By खबरहब

September 28, 2022

काठमाडौँ-  ‘न्याय र समान अवसर’ का लागि खबरदारी अभियानमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ ।

समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरू धर्ना कार्यक्रममा सहभागी थिए ।

कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा कोइराला समूहका १३ जना मात्रै परेपछि सो पक्षका नेता कार्यकर्ता आन्दोलित भएका हुन् । कोइराला समूह एमालेसँग मिलेर चुनावमा जान सक्ने देखिएपछि देउवा पक्ष लचक बनेको हो ।