फाइल फोटो

देश/प्रदेश

सहुलियत पसलमा खसी, बोका र च्याङ्ग्रा पनि सहुलियतमा

By खबरहब

September 28, 2022

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधवारबाट खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ ।

खाद्य व्यवस्थाको दसैँ सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्याङ्ग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२५० रुपैयाँमा बिक्री गर्न थालेको छ ।

साथै कलंकीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्याङ्ग्रा बिक्री भइरहेका छन् ।

चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो ।