तस्वीर- डब्लूएचओ

अन्तर्राष्ट्रिय

युगान्डामा इबोला भाइरसको प्रकोप

By खबरहब

September 28, 2022

काठमाडौँ- अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला भाइरस संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

गत साता प्रकोप फैलिएको घोषणा गरेयता ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ । मध्य युगान्डाका तीन जिल्लाहरुमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

युगान्डामा देखिएको इबोलाको प्रकोपका लागि सुडान प्रजातिको भाइरस जिम्मेवार रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

डब्ल्यूएचओले युगान्डामा सन् २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप देखिएको बताएको छ ।

यसैबीच आफूहरूलाई सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुबेन्डे जिल्लामा रहेको अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आफूहरुलाई सुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।