देश/प्रदेश

थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

By खबरहब

September 28, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १ हजार १२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी जनाएको छ।