तस्वीर- लाप्रेन्सा लाटिना

अन्तर्राष्ट्रिय

चीनको रेस्टुरेन्टमा आगलागी हुँदा १७ जनाको मृत्यु

By खबरहब

September 28, 2022

काठमाडौँ- उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजेको समयमा आगलागी भएको जनाएको छ ।

अग्नीनियन्त्रक घटनास्थलमा पुगेका र दिउँसो ३ बजेसम्म खोजी र उद्धारकार्य पूरा गरेका विज्ञप्तिमा जनाइएको छ ।

घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् ।