फाइल तस्वीर

अन्तर्राष्ट्रिय

बुर्किना फासोमा भएको आतङ्कवादी हमलामा परी ११ सैनिकको मृत्यु

By खबरहब

September 28, 2022

काठमाडौँ- बुर्किना फासोको उत्तरी क्षेत्रमा भएको आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले जनाएको छ ।

बुर्किनाबे सरकारले विज्ञप्ति जारी गर्दै आतङ्कवादी हमलामा ११ सैनिक मारिएको जनाएको हो । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेको सरकारले जनाएको छ ।

आक्रमणमा एघार सैनिकको मृत्यु भएका छन् भने अरु २० सैनिकसहित २८ जना घाइते भएको बताइएको छ । आक्रमणपछि करिब ५० जना सर्वसाधारणको अवस्था अज्ञात रहेको विज्ञप्तिमा जनाइएको छ ।

आक्रमणकारीहरूको खोजी जारी रहेको उक्त विज्ञप्तिमा भनिएको छ । बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको बताइन्छ ।

पश्चिम अफ्रिकामा अवस्थित यस मुलुकमा भएका पछिल्ला आक्रमणहरुमा एघार सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । असुरक्षाका कारण अरु १९ लाख भन्दा बढी विस्थापित भएका छन् ।