फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

तालिबानले पाकिस्तानमा वार्षिक २० करोड डलर आम्दानी गरिरहेको खुलासा

By खबरहब

September 28, 2022

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी भूमिमा विभिन्न गतिविधिमार्फत् वार्षिक २० करोड अमेरिकी डलर आम्दानी गरिरहेको एकजना पाकिस्तानी नेताले जनाएका छन् ।

पाकिस्तानी अनलाइन पोर्टल द न्युज पाकिस्तानका अनुसार पाकिस्तान पिपुल्स पार्टी पीपीपीका सिनेटर मुस्तफा नवार कोखारले तालिबानले पाकिस्तानी भूमिबाट २० करोड डलर आम्दानी गरिरहेको दाबी गरेका हुन् ।

आफूलाई राष्ट्रिय सभाको सुरक्षा समितिको बैठकका क्रममा एकजना वरिष्ठ सरकारी अधिकारीले पाकिस्तानी भूमिबाट अफगान तालिबानले वार्षिक २० करोड डलर आम्दानी गर्दै आएकोबारे जानकारी दिएको दाबी गरेका हुन् ।

तालिबानले पाकिस्तानी भूमिमा जबरजस्ती चन्दा अशुल्ने लगायत अन्य आपराधिक गतिविधि समेत गर्दै आएको उनले बताए ।

सामाजिक सञ्जालमा सन्देश जारी गर्दै उनले लेखेका छन्, ‘के उनीहरुको सम्बन्ध टीटीपी (तहरिक ए तालिबान पाकिस्तान) सँगै छैन र ?’

यसबाहेक उनले मुलुकको स्वात, कुरम र अन्य स्थानमा पाकिस्तानी तालिबानको आक्रमणमा दर्जनौँ सुरक्षाकर्मी मारिएको समेत बताएका छन् ।

साथै उनले पाकिस्तानी तालिबानले किन अफगान भूमिको प्रयोग गरिरहेको छ भन्ने प्रश्न समेत गरेको द न्युजले जनाएको छ ।