सांकेतिक तस्बिर

समाचार

भाइटीकाको दिन घरमा आगलागी हुँदा लाखौँको क्षति

By खबरहब

October 28, 2022

ताप्लेजुङ – जिल्लाको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।

आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए ।

क्षतिको यकिन विवरण भने आइसकेको छैन । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जनाए ।