सांकेतिक तस्बिर

देश/प्रदेश

घरमै बेहोस भएका वडा अध्यक्षको निधन

By खबरहब

October 28, 2022

गोरखा – नेकपा एमालेबाट निर्वाचित गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ।

भाइटिकाको दिन साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रहरीका अनुसार घर मा नै बसिरहेको बेला दिउँसो एक्कासि लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पतालमा पुर्‍याइएको थियो।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न नसके जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एमाले निकट युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।