सांकेतिक तस्बिर

देश/प्रदेश

बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु

By खबरहब

October 28, 2022

धनगढी– बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।