राजनीति

‘रक्सी र मासुको आडमा पैसाले मत किन्छु ठान्नु गलत’ 

By खबरहब

October 28, 2022

धनुषा– धनुषामा आगामी मंमिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी सरगर्मी बढेको छ । धेरै निर्वाचन क्षेत्र रहेको भएकाले ठूला राजनीतिक दलहरुको केन्द्रबिन्दु बनेको प्रदेश २ को चुनावी माहोल झनै तातेको हो ।

विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर अहिले सबै उम्मेदवार घर दैलो कार्यक्रममा व्यस्त छन् । चुनावी अंकगणित नियाल्दा स्वतन्त्र रूपमा  धनुषा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका अम्भुप्रसाद साह प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ ।

‘म राजनीतिमा आउनु र मैले उम्मेदवारी दिनुमा एउटा मात्र स्वार्थ छ, त्यो हो विकास’ उनले भने । भिन्न एजेण्डा र राम्रो भिजन रहेको तथा जनता पनि आफ्नो साथमा रहेको उनको दाबी छ ।

रक्सी र मासुकाे आडमा वा पैसामा मत किन्छु भन्नु मुर्खता भएको उनले बताए ।