प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

बबई नदीमा डुबेर एक जनाको मृत्यु

By खबरहब

October 28, 2022

दाङ– दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

आज शुक्रबार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रममा डुबेर अधिकारीको ज्यान गएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।