फाइल फोटो

ब्रेकिङ स्टोरी

कांग्रेसका महेन्द्रभन्दा रघुवीर पछाडि, ४८९ मतान्तर

By खबरहब

November 28, 2022

काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि धनुषा क्षेत्रनम्बर ४ को मतगणाना अन्तिम चरणमा पुगेको छ।

पछिल्लो गणनाको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले २६ हजार २ सय ८० मतले अग्रता लिएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठले २५ हजार ७ सय ९१ मत प्राप्त गरेका छन्। यो ४८९ मत पछाडि हो।

खेसेको ८० हजार मतमध्ये अहिलेसम्म ६४ हजार ६ सय ९८ मत गणना भइसकेको निर्वाचन अधिकृत सुदिपकुमार दंगालले जानकारी दिए।