सांकेतिक तस्वीर ।

अपराध

मोटरसाइकल चोरीमा संलग्न युवक पक्राउ

By खबरहब

November 28, 2022

काठमाडौं – मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले उसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगर रहेका छन् ।

काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट पक्राउमा परेका भुपेन्द्र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट एक थान मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

उपत्यकाको विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने क्रम बढ्दै गइरहेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।