फाइल तस्वीर

राजनीति

नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्छ : सुवास नेम्वाङ

By खबरहब

November 28, 2022

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताएका छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन ।

जनताले कुनै पनि पार्टीलाई बहुमत नदिएको भन्दै उनले सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे । उनले नयाँ पार्टीहरूको आगमनालाई पनि सामान्य रुपमा लिइनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो संविधानले नै मिश्रित निर्वाचन प्रणली अपनाएको छ । यही प्रणालीअनुसार नयाँ पर्टीहरू आएका हुन् । उनीहरूको आगमनले थप अस्थिरता पैदा हुन्छ की भन्ने मानिसहरूमा आशंका छ । त्यस्तो हुँदैन । जनताले सबैलाई मिलेरअघि जान भनेका छन् । सोही अनुसार गर्छौ ।’