फाइल फोटो

देश/प्रदेश

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ कांग्रेस र माओवादी बराबर

By खबरहब

November 28, 2022

काठमाडौँ- अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुबै दलको बहुमत थियो । नेपाली कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले बराबरी सांसद जितेका छन् ।

प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले समान नौ सिट जितेका छन् । एमालेले पाँच सिट जितेको छ । एक स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

समानुपातिकतर्फको मतगणना जारी छ । समानुपातिकतर्फको अन्तिम नतिजा आएपछि मात्र प्रदेशमा कुन दल ठूलो बन्छ भन्ने निर्धारण हुनेछ ।

प्रदेश सभामा १.५ प्रतिशत थ्रेसहोल्ड राखिएकाले कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीमा सिट संख्या भागबन्डा लाग्ने भएको छ ।