ब्रेकिङ स्टोरी

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

By खबरहब

November 28, 2022

काठमाडौँ- काठमाडौंको थापाथलीस्थित बााग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ ।

काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा बस्नेहरुले ढुङ्गामुढा गरेका थिए । सो क्रममा झडप भएको हो ।

सो क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १९ जना घाइते भएका छन् । घाइतेहहरुको नर्भिक अस्पतालमा उपचार गरिएको छ । झडपपछि सो बस्तीमा टायर बालेर प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीले उचित विकल्प दिएर मात्रै आफुहरुलाई हटाउनुपर्ने बताएका छन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेको थियो । तर सुकुम्वासी बस्ती खाली नभएपछि बलपूर्वक हटाउन खोजिएको थियो ।