सांकेतिक तस्वीर ।

अपराध

भरुवा बन्दुकसहित एक जना पक्राउ

By खबरहब

November 28, 2022

काठमाडौँ- अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पर्वतको मोदी गाउँपालिका २ देउपुरका २४ वर्षीय सागर जैसीलाई अवैध एकनाले भरुवा बन्दुकसहित आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले जैसीको घर तलासी गर्दा कालो कम्बलले बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेपछि उनलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका जैसीमाथि थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।